काठमाडौँ, २६ चैत । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा राजनीतिक स्थिरता कायम भएकाले वैदेशिक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको नेपाल र फ्रान्सका उद्यमीबीच छलफल कार्यक्रममा उहाँले देश औद्योगिकरणतर्फ उन्मुख गराउन सरकारले लगानीमैत्री नीति ...