काठमाडौं, २६ असोज । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली मौलिक पोशाकमा सजिएर लहरै बसेका ४९ स्कूले बालबालिकाले चिनियाँ भाषामा स्वागत गर्दा चिनियाँ राष्ट्रपति सी चिनफिङ प्रफुल्लित हुनुभयो । आफ्नै भाषामा स्वागत पाउँदाको खुशी उहाँको अनुहारमा झल्किन्थ्यो । गुन्यू र चोली लगाएका बालिका र नेपाली ...