ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई


एबीसी न्यूज

काठमाडौं, २५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताउनुभएको छ । उहाँले वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपाल चिनियाँ पर्यटकका निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो ।

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको नेपाल भ्रमणका सन्दर्भमा राष्ट्रिय समाचार समिति ९रासस० सँगको विशेष कुराकानीमा पर्यटनमन्त्री भट्टराईले २३ वर्षपछि चीनका राष्ट्र प्रमुखबाट हुन लागेको नेपाल भ्रमण मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण अवसर भएको बताउनुभयो ।

पर्यटनमन्त्री भट्टराईले विश्वको बलियो अर्थतन्त्र र विश्व महाशक्ति राष्ट्रका रुपमा उदाएको चीनले लिने कुनै पनि नीति, कार्यक्रम र अख्तियारीले विश्वलाई नै प्रभावित पार्ने स्थिति बनिरहेका सन्दर्भमा त्यस्तो मुलुकका राष्ट्र प्रमुखले नेपाल भ्रमण गर्नु नेपाल र नेपालीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो ।

“विश्वको अर्थतन्त्रमा, विश्वको सामरिक क्षेत्रमा र विश्व पर्यटन प्रवद्र्धनमा चीनको योगदान र भूमिका निर्णायक ठाउँमा पुगेको छ । त्यस्तो मुलुकको राष्ट्र प्रमुखको हैसियतले नेपालको भ्रमण गर्नु नेपाल र नेपालीका लागि गौरवको विषय हो । नेपालको तर्फबाट पटकपटक राष्ट्रप्रमुख र सरकार प्रमुखको चीनमा भ्रमण हँुदै आयो तर चीनको तर्फबाट यो तहको भ्रमण हुन सकेको थिएन, अहिले भ्रमण हुनु हाम्रा लागि महत्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ पर्यटन क्षेत्र हो भन्ने सरकारको दृष्टिकोण रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले नेपालको कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई वार्षिक १० प्रतिशत वृद्धि गर्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान त्यति ठूलो छैन । करीब तीन प्रतिशत मात्र योगदान छ । हामी ९सरकार० ले १५औँ पञ्चवर्षीय योजनाको समाप्ति हुँदासम्म पर्यटन क्षेत्रको योगदानलाई १० प्रतिशत पु¥याउने लक्ष्य लिएका छौँ ।”

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षका समयमा चीनबाट कम्तीमा पनि पाँच लाख पर्यटक नेपालमा भित्र्याउने मिसनका साथ काम गरिरहेको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिको भ्रमणले उक्त उद्देश्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । त्यसका लागि पर्यटन क्षेत्रका निश्चित ठूला बजारबाट पर्यटक आकर्षण गर्र्नुपर्ने हुन्छ । मित्रराष्ट्र चीन नेपालको पर्यटनका लागि मुख्य केन्द्र हो । त्यस्तै भारत अर्को महत्वपूर्ण देश मानिन्छ । चीनबाट पछिल्ला वर्षमा नेपाल आउने पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ । सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को आठ महीनाको अवधिमा अघिल्लो वर्षको तुलनामा करीब १० प्रतिशतले वृद्धि भएको छ ।

चिनियाँ पर्यटकले खासगरी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत गन्तव्यमा बढी घुम्न रुचाएको तथ्याङ्कले देखाउँछ । नेपाल बुद्धको जन्मभूमि हो । चीनमा भगवान् गौतम बुद्धलाई धेरै सम्मान गरिन्छ र बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी त्यहाँ भएकाले भ्रमणपछि लुम्बिनीमा चिनियाँ पर्यटकको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको पर्यटनमन्त्री भट्टराईले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा चिनियाँ पर्यटकको बढी रोजाइमा साहसिक पर्यटन पर्ने गरेको छ । त्यसमा प्याराग्लाइडिङ चिनियाँको मुख्य आकर्षक पक्ष हो । खासगरी पोखरामा सञ्चालन भएको यो व्यवसायमा ६० प्रतिशतभन्दा बढी चिनियाँ नै सेवाग्राही छन् । पछिल्लो समयमा चिनियाँ पर्यटकको आर्थिक स्थिति बलियो हुुँदै गएको र खर्च गर्ने क्षमता पनि बढिरहेको छ ।

पर्यटनका निम्ति अर्को महत्वपूर्ण पक्ष भनेको सहज ‘कनेक्टिभिटी’ हो । अहिले चीनका कुनमिङ, ग्वाञ्जाओ, ल्हासा, छेन्दु, सिचुवानलगायत विभिन्न स्थानबाट चाइनिज एयरलाइन्सले नेपालमा सीधा उडान भर्दै आएका छन् । नेपालका तर्फबाट छिट्टै हिमालय एयरलाइन्सले बेइजिङबाट उडान गर्ने तयारी गरेको छ ।

त्यस्तै केही महीना अगाडि नेपाल र चीनबीच भएको द्विपक्षीय हवाई सम्झौताबाट चीनका थप १५ शहरबाट नेपालमा हवाई उडान गर्ने सहमति भएको छ । सोहीअनुरुप नेपाल एयरलाइन्सले पनि ग्वाञ्जाओ र बेइजिङबाट उडान गर्ने तयारी गरिरहेको छ । यसबाट पनि चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

पर्यटनमन्त्री भट्टराईले चीनबाट वार्षिक करीब १५ करोड चिनियाँ नागरिक विश्व भ्रमणमा जाने गरेको विभिन्न तथ्याङ्कले देखाएको र नेपाललाई चीनको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गरी १५ करोड चिनियाँ पर्यटकको सानो हिस्सा मात्रै नेपालतिर तान्न सके पर्यटनका लागि महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

नागरिक उड्डयनका क्षेत्रमा पनि नेपाललाई चिनियाँ पक्षको महत्वपूर्ण सहयोग प्राप्त भइरहेको उहाँले उल्लेख गर्नुभयो । विशेषगरी भैरहवास्थित निर्माणको अन्तिम चरणमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने ठेकेदार कम्पनी चिनियाँ रहेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पनि चिनियाँ कम्पनीले लिएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा क्षमता विस्तारमा पनि चिनियाँ ठेकेदार कम्पनीकै संलग्नता छ ।

संस्कृतितर्फ पनि भूकम्पपछिको सम्पदाको पुनःनिर्माणमा चिनियाँको उत्तिकै योगदान रहेको छ । काठमाडौँको दरबार हाइस्कुल, वसन्तपुरको नौतले दरबार तथा नुवाकोटको साततले दरबार र तलेजु भवानीको मन्दिर चिनियाँ सहयोगमा पुनःनिर्माण भइरहेको पर्यटनमन्त्रीले जानकारी दिनुभयो । “कुनै पनि राष्टका राष्ट्रप्रमुख वा सरकार प्रमुख जुन स्थानमा भ्रमण गर्नुहुन्छ, त्यहाँ पर्यटक बढेको देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ, जनकपुरधाम र पशुपतिनाथको भ्रमण गरेपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमणपछि चिनियाँ पर्यटकको हालको सङ्ख्याबाट वार्षिक पाँच लाखभन्दा बढी पुग्ने अपेक्षा गरेका छौँ । यो भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनका निम्ति बहुआयामिक प्रभाव पार्नेछ”, उहाँले भन्नुभयो ।

पर्यटनमन्त्री भट्टराईले नेपाल सरकार, जनता र सिङ्गो मुलुक चिनियाँ राष्ट्रपतिको भ्रमणकोे भव्य स्वागतको तयारीमा जुटेको र उहाँको दुईदिने राजकीय भ्रमण पूर्णरुपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चिनियाँ राष्ट्रपतिको भ्रमणका समयमा दुईपक्षीय समझदारीमा पूर्वाधार विकासमा जोड दिइएकोे उल्लेख गर्दै भन्नुभयो, ‘‘यसले नेपाल र चीनको सम्बन्धलाई थप नयाँ उचाइमा पु¥याउनेछ ।’’ राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी नेपालको दुई दिवसीय राजकीय भ्रमणका लागि आज अपराह्न काठमाडौँ आउँदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com