ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपति सीले आज राष्ट्रपति भण्डारी र कांग्रेस सभापति देउवासँग भेट्ने, प्रधानमन्त्रीसँग भोलि


एबीसी न्यूज
आश्विन २५, २०७६ शनिबार   ४ : ३७   बजे

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिन फिङ दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउनुभएको छ । नेपाल आइपुगेलगत्तै सी भेटघाटमा व्यस्त हुने कार्यतालिका रहेको छ ।

आजै उहाँले समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्नुहुने छ । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपति सीले देउवासँग होटल सोल्टीमा भेट्ने छन् ।

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीको सम्मानमा शनिबार नै राजकीय भोजको आयोजना गर्ने कार्यक्रम तय भएको छ । सी उक्त रात्रीभोजमा सहभागि हुनेछन् ।

सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने आइतबार विहान मात्रै भेटवार्ता हुने छ । सीसँग प्रधानमन्त्री ओलीको भेट विमानस्थलमा आज भए पनि प्रतिनिधि मण्डलसहितको औपचारिक भेट भने भोलि मात्रै हुने छ ।

सी र प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुने जनाइएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितीमा केही दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसपछि सीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group