काठमाडौं, १९ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय १९ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख ६१ हजार पाँच सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो । ...