काठमाडौं २५ साउन । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ। मुख्यमन्त्री सिंहलाई पार्टी निदेशन विपरित काम गर्न थालेको भन्दै स्पष्टीकरण सोधिएको हो। मुख्यमन्त्री सिंहलाई शुक्रबार स्पष्टीकरण सोधिएको महासचिव चन्दन सिंहले नेपालखबरलाई जानकारी दिए। मुख्यमन्त्री सिंहले एकलौटी निर्णय लिन थालेको भन्दै पार्टीभित्रैबाट ...