ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेडिकेटेड र ट्रंकलाइनको बिल काटेर नाफा देखाएको आरोप कुलमानले अस्वीकार गरे


एबीसी न्यूज

काठमाडौं २५ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालको ३ वर्ष पूरा गरेको अवसरमा भएका प्रगतिविवरण सार्वजनिक गरेका छन्।

प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो कार्यकालमा भएका महत्त्वपूर्ण प्रगतिविवरण सार्वजनिक गरेका हुन्।

उनी पहिलो कार्यकालको ४ वर्ष पूरा गरेर १ वर्ष प्राधिकरणमा रहेका थिएनन्। दोस्रो कार्यकाल २०७८ साउन २५ बाट सुरु गरेका उनले आज ३ वर्ष पूरा गरेका हुन्। उनको अब १ वर्ष बाँकी छ।

३ वर्ष पूरा हुँदा उनले कार्यसम्पादनमा आव २०७८र७९, २०७९र८० मा क्रमशः ९४।२३, ९८।९४ प्रतिशत अंक प्राप्त गरेको बताए। २०८०र८१ मा कार्यसम्पादन मूल्यांकन अगाडि बढेको उनको भनाइ छ।

आफूले प्रसारण पूर्वाधार, विद्युतीयकरण, ठूला जलविद्युत् आयोजना निर्माण अगाडि बढाउने, निर्यातलगायतलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाइएको बताए। प्रविधिमार्फत स्वचालित गर्ने कार्यलाई अगाडि बढाइएको उनको भनाइ छ।

आव २०७२र७३ मा विद्युतीयकरणको अवस्था करिब ५८ प्रतिशत रहेकामा ३ वर्षमा भएको उपलब्धि महत्त्वपूर्ण रहेको घिसिङले उल्लेख गरे।

उनले भने, ‘८९ प्रतिशतबाट विद्युतीकरण ९९ प्रतिशतमा पुगेको छ। ८ वषअघि २९ लाख रहेको विद्युत् ग्राहकको संख्या सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ।’

त्यस्तै विकट बस्ती पहिचान गरी बाँकी विद्युतीकरण भइरहेको उनले सुनाए। आफ्नै स्रोतबाट सुकुम्बासी, चेपांगलगायतका घरमा निःशुल्क मिटर दिइएको, स्थानीय निकायसँग मिलेर स्मार्ट सडक बत्ती जडानबाट सहर उज्यालो बनाउने क्रम अघि बढेको उनको भनाइ छ।

त्यसैगरी ८ वर्षअघि प्रतिवर्ष ३ अर्ब ३२ करोड युनिट बिजुली खपत हुने गरेकामा १० अर्ब २३ करोड युनिट पुगेको, प्रतिव्यक्ति बिजुली खपत १३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको उनले जानकारी दिए।

घर र बस्तीमा बत्तीबाल्न मात्र नभई उद्योग व्यवसायमा बिजुली पुर्याउन आन्तरिक खपत बढाउन सफलता प्राप्त भएको बताए।

विद्युतीय सवारीसाधनको प्रयोग बढेको, भान्सामा विद्युतीय चुलो बल्नथालेको, पेट्रोलियम खपत घट्दा कार्बन उत्सर्जनमा सहयोग पुगेको उनको भनाइ छ। प्राधिकरणले ६२ वटा चार्जिङ स्टेसन आफैँले सञ्चालनमा ल्याएको उनको भनाइ छ। निजी क्षेत्रबाट बनेका ४ सय बढी चार्जिङ स्टेसन सञ्चालनमा आएको उनले जानकारी दिए।

पछिल्लो समय प्राधिकरण निरन्तर नाफामा गइरहेको पनि उनले उल्लेख गरे।

‘०७२र७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले त्ण्सयता भने ती दिन फर्केर हेर्नुपरेको छैन’, उनले भने।

आव २०७३र७४ मा १ अर्ब ५० करोड खुद नाफा कमाउन सुरु गरेको प्राधिकरणले गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको बताए। ८ वर्षअघि ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहे पनि प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नापाmमा पुगेको बताए।

धेरै ठाउँमा प्राधिकरणको नाफा कागजी नाफा भएको, डेडिकेटेड र ट्रंकलाइनको बिल काटेर देखाएको आरोप उनले अस्वीकार गरे।

उनले भने, ‘प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटा माइनस गरेर पूर्ति गरेर ४७ अर्ब स नाफामा पुर्याउँदा करिब ८२ अर्बको नाफा देखिएको छ। यो त्यसै भएको होइन। यो त्यो बिलले भएको होइन। ८२ अर्ब नाफा हाम्रो महालेखा परीक्षकबाट ३ जना सीए संस्थाले हरेक वर्ष गरेको अडिटबाट आएको विवरण हो। यसलाई गलत कसरी भन्नेरु’

यही हिसाबले बुझिदिन उनको आग्रह छ। यसअवधिमा ३ पटक गरी २५ प्रतिशतले महशुल घटाउँदा पनि नाफा भइरहेको उनले बताए। प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये २२ लाखलाई न्यूनतम ३० रुपैयाँमात्र गरी ऊर्जामा निःशुल्क गरिएको, सिँचाइमा प्रतियुनिट २ रुपैयाँमा उपलब्ध छ भने लिफ्टिंग खानेपानीमा डिमान्ड शुल्क नलाग्ने गरिएको छ।

‘चार्जिङ स्टेसनमा सहुलियत दर कायम गरिएको छ। व्यावसायिक दायित्वलाई ध्यान दिएको छ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com