काठमाडौं १६ कात्तिक । काठमाडौँको पुरानो र निकै व्यस्त मध्येको एक बजार हो असन इन्द्रचोक । तिहारको तेस्रो दिन असन इन्द्रचोक लगायत बजारमा माला, रङ, ढाकाटोपी, पानमसला, लत्ताकपडा लगायतका सामान किन्न सर्वसाधारणको घुइँचो लागेको छ। कोही मखमली माला खोज्दै हिंडेको, कोही ढाकाटोपी खोज्दै हतारमा हिंडेको ...