ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिहारमा पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद


एबीसी न्यूज

काठमाडौं १६ कात्तिक । तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम सो कारबाहीको व्यवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम पटका र पटकाजन्य पदार्थहरुको अवैध प्रयोग ओसारपसार गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना पनि गर्ने व्यवस्था छ । पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषणका साथसाथै दुर्घटना पनि निम्त्याउने भएकोले नेपालको कानुनले यस्ता पदार्थको अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरण गर्ने जोसुकैलाई कानुनले सजायको भागेदार बनाउँछ ।”

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले पटकाजन्य पदार्थको अवैधरुपमा हुने ओसारपसार नियन्त्रणका लागि सीमानाका तथा राजमार्गहरुमा चेकजाँच भइरहेको बताउनुभयो ।

प्रवक्ता तिवारीले भन्नुभयो, “सबै जिल्ला प्रशासन कार्यालयहरु, सुरक्षा निकायले सीमा क्षेत्रमा चेकजाँच गर्छन् । राजमार्गमा चेकजाँच गर्दा फेला पर्यो भने बरामद गर्ने र कानुनी कारबाही गर्ने प्रक्रिया सुरु गर्छन् । त्यो अनुसार सबैसँग समन्वय भएको छ, हामीले निर्देशन पनि दिएका छौँ । सघन रुपमा अनुगमन गरिरहेका छौँ ।”

उहाँले अवैधरुपमा भित्रिरहेको पटका नियन्त्रण गर्नुपर्ने भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “दोस्रो कुरा धनजनको क्षति हुन सक्ने सम्भावना पनि छ । दुर्घटनाहरु हुन सक्ने भएकाले सजगता अप्नाउनुपर्नेछ । पटकाजन्य पदार्थ अवैधरुपमा आइरहेको अवस्था छ, त्यसलाई नियन्त्रण गर्नुपर्नेछ ।”

कात्तिक १३ गते मंगलबार मात्रै दीपावलीको पटाका पड्काउँदा दैलेखको आठबिस नगरपालिका–३ साई गाउँका १३ वर्षीय बालक भूपेन्द्र कठायतको ज्यान गएको छ । रकेट बम पटकाको छर्रा दायाँ छातीमा लागेर घाइते भएका कठायतलाई अस्पताल लगे पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका केन्द्रीय प्रवक्ता कार्कीले पटका प्रयोगका कारण बालबालिका घाइते हुने, वृद्धवृद्धाको मुटु हल्लिने, कानमा असर पर्ने लगायतका अवस्था सिर्जना हुने भएकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रवक्ता कार्कीले भन्नुभयो, “पटकाजन्य पदार्थहरुको अवैध आयात स्रोतमै अर्थात् बोर्डरमै नियन्त्रण गर्ने । ओसारपसार, भण्डारणदेखि वितरणका कुराहरु नियमन गर्ने, नियन्त्रण गर्ने, कानुन विपरीतका क्रियाकलाप गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउने भन्ने योजनाभित्र छन् ।”

चाडवाडमा सडकमा चाप बढ्न सक्ने, मनोरञ्जन गर्ने, मापसे, लापसे गर्नेको सङ्ख्या बढेसँगै गुण्डागर्दी लगायत दुर्घटनाको सङ्ख्या पनि बढ्न सक्ने उहाँको भनाइ छ ।

देउँसीभैलो खेल्दा सजगता अप्नाउन आग्रह
प्रवक्ता तिवारीले तिहारमा देउँसीभैलोका सन्दर्भमा सम्बन्धित जिल्लाले स्थानीय परिस्थिती अनुसार समन्वय गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “देउँसीभैलो सम्बन्धित जिल्लाले स्थानीय परिस्थिति अनुसार समन्वय गरेर गर्छन् । सम्बन्धित जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारीहरुले स्थानीय स्तरमा त्यसको व्यवस्थापन गर्नुहुन्छ ।”

यसैगरी प्रवक्ता कार्कीले देउँसीभैलो खेल्दा समूह–समूहबिच झगडा हुन सक्ने सम्भावना रहने बताउनुभयो ।

कार्कीले भन्नुभयो, “तिहारमा खास गरेर देउँसीभैलो पनि खेल्ने हुनाले एक समूह र अर्को समूहबिच झगडा पनि हुन सक्छ । मापसे, लापसेको कारणले व्यक्तिहरु झगडा गर्ने, रातिसम्म समाजलाई प्रदूषणमय बनाउने लगायतका क्रियाकलाप हुन सक्छन् । यसको नियन्त्रण समेतका लागि जिल्लाले छुट्टै सुरक्षा पनि गर्छ । नेपाल प्रहरी पनि उत्तिकै सक्रिय हुनुपर्छ भनेर त्यही अनुसार निर्देशक भएको छ ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com