काठमाडौं २३ पुस । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो चरणको बयान लिएको छ। मंगलबार उनलाई लाजिम्पाटस्थित कार्यालयमा बोलाएर सोधपुछ गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए। यसअघि कात्तिक २८ गते पनि सीआईबीले गुरुङसँग ...