ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मितेरी सहकारी ठगी, कांग्रेस उपसभापति गुरुङसँग सीआईबीले लियो दोस्रो चरणको बयान


एबीसी न्यूज

काठमाडौं २३ पुस । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो चरणको बयान लिएको छ।

मंगलबार उनलाई लाजिम्पाटस्थित कार्यालयमा बोलाएर सोधपुछ गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

यसअघि कात्तिक २८ गते पनि सीआईबीले गुरुङसँग बयान लिएको थियो।  मंगलबार करिब ५ घण्टा उनको बयान लिइएको छ। सहकारी र धनराजका विषयमा यसअघि नै सीआईबीले विभिन्न बैंक तथा कार्यालयहरूमा समेत पत्राचार गरेको र ती कार्यालयबाट जवाफ प्राप्त भएपछि त्यस विषयमा मंगलबार सोधपुछ भएको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्।

श्रीमती ज्योति गुरुङ व्यवस्थापक रहेको ललितपुरको मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा धनराज गुरुङ पनि अनुसन्धानमा तानिएका हुन्।

ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप छ। ज्योतिविरुद्ध सहकारीकै अध्यक्ष कुम्भराज गुरुङले समेत सीआईबीमा जाहेरी दिएका थिए। धनराजले भने ज्योतिसँग २०७६ फागुन २९ गते सम्बन्ध विच्छेद भइसकेको बताउँदै आएका छन्। तर सम्बन्ध विच्छेदपछि पनि धनराजले ज्योतिको नाममा रहेको सहकारीको ऋण तिरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

सम्बन्धित

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com