काठमाडौँ, ४ कात्तिक । जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोह मङ्गलबार इम्पेरियल प्यालेसमा हुँदैछ । नयाँ सम्राट्लाई बधाई तथा शुभकामना दिन देशविदेशका प्रतिनिधि राजधानी टोकियो आइसक्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी राज्याभिषेक समारोहमा सहभागी हुन आइतबार राजधानी टोक्यो आउनुभएको छ । राष्ट्रपतिसहितको प्रतिनिधिमण्डलमा गृहमन्त्री ...