ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फूल खेतीतर्फ आकर्षण बढ्दो


एबीसी न्यूज

बेझाड, ४ कात्तिक पाल्पाको रामपुरका दिलबहादुर थापाले शुरु गर्नुभएको व्यावसायिक फूल खेतीतर्फ गाउँका अन्यको समेत आकर्षण बढ्दो छ । फूल खेतीको अवलोकन गर्न आउनेको चहलपहल बढ्दै गएको छ ।
थापाले जग्गा भाडामा लिएर फूल खेती थाल्नुभएको हो । उहाँले तिहार पर्वलाई लक्ष्य गरी मखमलीलगायत फूलखेती शुरु गर्नुभएको छ । रामपुरमा नयाँ व्यवसाय भएकाले फूल खेतीतर्फ अन्यको आकर्षण ह्वात्तै बढेको छ । फूलसम्बन्धी बुटवलमा एक हप्ताको तालीम लिनुभएका थापाले परीक्षणका रुपमा डेढ रोपनी क्षेत्रफलमा फूल लगाउनुभएको हो ।
“अहिले फूल फुल्न थालेको छ, खरिद गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो । नेपालगञ्ज, बुटवललगायत बजारबाट फूलको माग आएको थापा बताउनुहुन्छ । उहाँले पहिलो पटक नेपालगञ्ज बजारमा फूल बिक्रीका लागि पु¥याइसक्नुभएको छ । “परीक्षणका रुपमा थोरै जग्गामा फूल लगाए, माग बढ्दै गएको छ”, उहाँले भन्नुभयो । थापाले मालाको आकार अनुसार प्रतिमाला रु एक सयदेखि रु एक सय ५० सम्म तथा प्रतिकिलो रु तीन सय ५० सम्ममा फूल बिक्री गर्दै आउनुभएको छ ।
अहिले रामपुर क्षेत्रमा हुने गरेका सभा, समारोह, कार्यक्रमलगायतमा थापाले उत्पादन गरेको फूल बिक्री भइरहेको छ । थापाले फूलका बिरुवा समेत उत्पादन गर्दै आउनुभएको छ । उहाँले फूलप्रति बिरुवा रु २० मा बिक्री गर्नुहुन्छ । थापाले रामतुलसी मावि र रामपुर आधारभूत विद्यालयलगायतलाई अनुदानमा फूलका बिरुवा उपलब्ध गराउँदै आउनुभएको छ ।
रामपुर क्षेत्रमा पछिल्लो समय चाडपर्वमा बजारमा आएका प्लाष्टिकको माला खपत बढ्न थालेको देखेपछि उहाँले फूल खेती शुरु गर्नुभएको हो । “फूल नपाएर प्लाष्टिकका माला किनेर लगाउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो । दश वर्ष विदेशमा मजदूरी गरेर फर्किनुभएका थापाले दुई वर्षदेखि गाउँमै तरकारी खेती शुरु गर्नुभएको छ । मखमली र सयपत्री फूललाई विशेष गरी तिहारको मुख्य पहिचानका रुपमा लिने गरिन्छ । फूलको महत्वबारे स्थानीयवासीले चासो नदिँदा गाउँघरमा फूल लोप हुने अवस्थामा पुगेको थियो । थापाको फूल खेतीले धेरैको मन जितेको छ । फूलले बजार नपाए रामपुर नगरपालिकाले बजार व्यवस्थापन गर्ने जिम्मा लिएको छ । नगरपालिकाले बजार व्यवस्थापनको जिम्मा लिने भएपछि थापाको हौसला बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com