काठमाडौं, १५ भदौ । नेपाली राष्ट्रिय टोलीकी उपकप्तान इन्दु बर्मा बहराइनविरुद्धको खेलमा प्लेयर अफ दि म्याच बनेकी छन्। इन्दुले ४ ओभरमा २ मेडनसहित मात्र ५ रन खर्चेर ३ विकेट लिएकी थिइन्। किफायती बलिङ गरेकी इन्दुले खेलपछि भनिन्, आज मेरो दिन थियो, त्यसैले प्रर्दशन राम्रो भयो। ...