ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहराइनविरुद्ध जितका लागि नेपाललाई ३२ रनको झिनो लक्ष्य


abc

काठमाडौं, १५ भदौ । इन्दु बर्माको घातक बलिङमा आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपालसामु जितका लागि
३२ रनको झिनो लक्ष्य दिएको छ।

मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५।४ ओभरमा ३१ रनमा अलआउट भयो।

कप्तान दीपिका रासंगिकाले बनाएको ११ रन नै बहराइनका लागि सर्वाधिक रह्यो। दीपिका इन्दु बर्माको बलमा बोल्ड आउट भइन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओपनर एच जी थरंगा ४ रनमा कविता कुँवरको बलमा बोल्ड आउट भइन्। रसिका रत्नमाली र प्रज्ञा जगदिशा गोल्डेन डगआउट भए। अविरा वारिस शून्य र इशारा मधुवन्थी ५ रनमा रनआउट भए। पवित्र सेट्टी १ रनमा क्याच आउट भइन्।

बहराइनलाई कम स्कोरका रोक्न इन्दु बर्मा एक्लैले तीन विकेट झारिन्। घातक बलिङ गरेकी इन्दुले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिँदा २ ओभर मेडन राखिन्। खुसी डंगोलले दुई विकेट लिइन्।

कविता कुँवर, पूजा महतो, रुविना क्षत्री बेलवासेले समान एक विकेट आफ्नो नाममा गरे।

नेपालले पहिलो खेलमा बिहीबा मलेसियालाई ५ रनले हराएको थियो। समूह ‘ए’मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।

समूह ‘बी’मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

सम्बन्धित

दशैंको लागि बसको अग्रिम टिकट बुकिङ अब मोबाइलबाटै

एमाले वाग्मतीको नजरमा कांग्रेस : सत्तामा हुँदा अधिनायकवादी, सत्ताबाहिर अस्थिरताको कारक

पूर्वप्रधानमन्त्री र मुख्य सचिवलाई साक्षी मात्र बनाएकोमा सर्वोच्चले सोध्यो कारण

चीन भ्रमणमा रहनुभएका प्रम: दाहालले आज Chongqing Academy of Agricultural Sciences को अवलोकन गर्नुका साथै आधुनिक कृषि प्रणालीबारे जानकारी लिनुभएको छ।

महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्छ : योगेश भट्टराई

एमाले वाग्मतीको नजरमा रास्वपा : ‘न मास न क्याडर्स पार्टी’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com