ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?


एबीसी न्यूज
माघ २४, २०८२ शनिबार  ९ : ५२ बजे

काठमाडौं, २४ माघ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशभर एउटा छुट्टै राजनीतिक तरंग फैलिएको छ— ‘बालेन लहर’। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर ‘भावी प्रधानमन्त्री’को दाबी गर्दै झापा–५ बाट चुनावी मैदानमा उत्रिएका बालेन शाह आफैं मात्र होइन, उनको वरिपरि घुमेको एउटा पूरै समूह अहिले संसद छिर्ने दौडमा छ।

महानगरको कार्यकालमा सँगै काम गरेका विज्ञ, प्रशासनिक नेतृत्व, निजी जीवनका मित्र र राजनीतिक रूपमा नजिक रहेका पात्रहरूलाई टिकट दिलाउँदै बालेनले यस निर्वाचनलाई आफ्नो राजनीतिक परीक्षा बनाएका छन्। तर, यही प्रक्रियाले केहीलाई अवसर दियो भने केहीलाई बाटोमै रोक्यो— जसको सबैभन्दा चर्चित उदाहरण बनेकी छन्, सोनी भट्टराई।


कोर टीम संसदतिर: महानगरबाट सिंहदरबारसम्मको यात्रा

बालेनको मेयर कार्यकालको ‘कोर टीम’ का प्रमुख सदस्यहरू अहिले विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका छन्।
काठमाडौं महानगरका सहायक विज्ञ सस्मित पोखरेल काठमाडौं–५ बाट मैदानमा छन्। २९ वर्षीय पोखरेल कानुनका विद्यार्थी हुन् र पुर्ख्यौली घर खोटाङ भए पनि काठमाडौंमा बसोबास गर्दै आएका छन्। उनी एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस महामन्त्री प्रदीप पौडेलजस्ता हेभीवेटसँग प्रतिस्पर्धामा छन्।

बालेन नजिकका नेताहरू नै भन्छन्— ईश्वर पोखरेलको मत काट्न ‘पोखरेल नै चाहिन्छ’ भन्ने रणनीतिअनुसार सस्मितलाई त्यहाँ पठाइएको हो। यही कारण, काठमाडौं–५ कै बासिन्दा तथा महानगरका तत्कालीन प्रहरी प्रमुख राजुनाथ पाण्डे क्षेत्र नं. ३ मा सारिए।


अछामदेखि मोरङसम्म: बालेन नेटवर्कको विस्तार

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट उम्मेदवार छन्। उनको उम्मेदवारीसँगै प्रधानमन्त्रीको सचिवालयमा नियुक्त बालेन निकट प्रदीप भण्डारीले पद त्यागेर अछाममै चुनावी व्यवस्थापन सम्हालेका छन्।
तर अछाम–२ सजिलो क्षेत्र होइन। कांग्रेसका पुष्पबहादुर शाहजस्ता स्थापित नेता भूपदेवका प्रतिस्पर्धी छन्।

त्यस्तै, मोरङ–३ मा गणेश कार्की बालेनकै सिफारिसमा उम्मेदवार बनेका छन्। उनीमाथि ‘विभीषण’ को आरोप लागे पनि टिकट भने पाए। यहाँ उनको प्रतिस्पर्धा कांग्रेसका प्रभावशाली नेता तथा नोबेल अस्पतालका सञ्चालक डाक्टर सुनिल शर्मासँग छ।


इन्जिनियर, विज्ञ र मित्र: बालेनका ‘नन–पोलिटिकल’ उम्मेदवार

रुपन्देही–१ मा उम्मेदवार बनेका सुनिल लम्साल बालेनका निकट मित्र मात्र होइन, शैक्षिक सहयात्री पनि हुन्। दुवैले भारतको कर्नाटकस्थित विश्वविद्यालयबाट इन्जिनियरिङ पढेका हुन्। लम्सालको प्रतिस्पर्धा कांग्रेस–एमालेभन्दा राप्रपाका प्रज्वल बोहरासँग बढी हुने स्थानीय अनुमान छ।

ललितपुर–२ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्की बालेन कोटाकै उम्मेदवार हुन्। शहरी मतदाता र ‘घण्टी लहर’ बाहेक उनका लागि थप उत्साह भने देखिँदैन। यद्यपि प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर छन्।


सुधन आए, सोनी हटिन्: ‘घात’ को कथा

सबैभन्दा विवादित र भावनात्मक प्रसंग भने गोरखा–१ को टिकट हो।
जेन(जी) आन्दोलनका अगुवा सुधन गुरुङलाई उम्मेदवार बनाउनुपर्ने भएपछि बालेनले पहिल्यै तय गरिसकेकी उम्मेदवार सोनी भट्टराईलाई अन्तिम क्षणमा पन्छाए।

सोनी काठमाडौं महानगरपालिकाकी बालअधिकार समितिकी विज्ञ हुन्। गोरखाकै स्थायी बासिन्दा, नाबालिका उद्धारदेखि न्यायिक लडाइँसम्म सक्रिय पात्र। उनले उम्मेदवारी नपाएपछि सामाजिक सञ्जालमा लामो, संयमित तर गहिरो आक्रोशयुक्त वक्तव्य सार्वजनिक गरिन्— जहाँ उनले राजनीति, आन्दोलन र मानवीय मूल्यबीचको फरक धार प्रस्ट्याइन्।

उनको सन्देश एउटा व्यक्तिगत असन्तोष मात्र थिएन, त्यो ‘बालेन लहर’ भित्रैको पहिलो ठूलो नैतिक प्रश्न थियो— राजनीति र अभियान एउटै हो कि होइन?


बालेन मोडेल: नयाँ राजनीति कि नयाँ शक्ति सन्तुलन?

बालेनले उठाएका उम्मेदवारहरू फरक–फरक पृष्ठभूमिका छन्— कोही विज्ञ, कोही प्रशासक, कोही मित्र, कोही आन्दोलनकारी।
यसले नेपाली राजनीतिमा एउटा नयाँ प्रयोगको संकेत गर्छ। तर, यही प्रयोगले आन्तरिक असन्तुष्टि, टिकट विवाद र ‘नजिक–टाढा’ को राजनीति पनि उजागर गरेको छ।

फागुन २१ को निर्वाचनले केवल उम्मेदवारको जित–हार मात्र होइन, ‘बालेन मोडेल’ टिक्छ कि टुट्छ भन्ने पनि फैसला गर्नेछ।
किनकि, खरानीमाथि उभिएको आशा केवल नाराले होइन, निर्णयको न्यायिकताले बाँच्ने हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com