काठमाडौं २६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस(एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको दाबी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधानका कुन–कुन विषयमा संशोधन गर्ने भन्ने विषय पनि दुई दलबीचमा नटुंगिएको ...