काठमाडौं, २६ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तर कोरियाले निमन्त्रणा गरेको छ । त्यहाँको सत्तारुढ वर्कर्स पार्टीले प्रचण्डलाई भ्रमणका लागि औंपचारिक निमन्त्रणा दिएको हो । नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हकले उत्तर कोरिया स्थापनाको ७७औँ वर्षगाँठका अवसरमा २४ भदौका लागि निमन्त्रणा गरेका ...