ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रहश्यमय बन्दै समिक्षा हत्याकाण्ड


sharan sharan

बुटवल, २६ असार ।
रुपन्देहीको रुद्रपुरमा गत असार १० गते एकजना किसोरी जलाईएको घटना थप रहश्यमय बन्दै गएको छ । आत्महत्याको जलप दिएर सामसुम पार्न खोजिएको आगजनीको घटना मृतककी आमा बिदेशबाट फर्केपछि भने थप रहश्यमय बन्दै गएको हो ।
असार १० गते राती करिव ३ बजे अज्ञात समुहले एक जना युवती जलाएको खबर सार्वजानीक भएको थियो । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर–५ पिपरीचाँपकी समिक्षा ठकुरी आगजनीमा परेसक थिईन् । जन्म दिने आमा विदेशमा रोजगारीको शिलसिलामा रहेको बेला घरमा हजुर आमा, हजुर बुबा र जुजुहजुर आमा संगै बस्दै आएकी समिक्षालाई सुरुका दिनामा अज्ञात समुहले आगो लगाईदिएको भनिएपनि पछिल्ला दिनहरुमा आगजनीको आरोप घरभित्रै सोझीएको छ ।
घटना घटेको १३ दिनपछि परिवारबाट ईलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी आएको घटनामा परेकी समिक्षा जलेको ९ दिनपछि कीर्तिपुर अस्पताल काठमाण्डौमा मृत्यु भएको थियो । मृतकको आमाको उजुरीका आधारमा प्रहरीले मृतकका बुबा तेजेन्द्र ठकुरीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ ।
जलाइएकी समिक्षालाई आफन्तले १० गते बिहानै लुम्बिनी अञ्चल अस्पतालमा ल्याए पनि उपचार हुन नसकेपछि पाल्पा हुँदै काठमाडौं ‘रीफर’ गरिएको थियो । गत असार २० गते बिहान साढे ६ बजे मृत्यु भएकी समिक्षाको शव पोष्टमार्टमका लागि अहिले पनि शिक्षण अस्पताल काठमाडौंमै राखिएको छ ।
१५ वर्षदेखि मामा घरमा बसेर पढ्दै आएकी समिक्षा गत तिहारपछि मात्र आफ्ना बुवासँगै बस्दै आएकी थिइन् । समिक्षाका बुवा तेजेन्द्र ठकुरीले अर्की श्रीमती ल्याएपछि आफ्नी आमासँगै मामाघर बस्दै आएकी उनले कक्षा १० मा पढ्न बुवासँगै बस्दै आएकी थिइन् । समिक्षाकी आमा बैदेशिक रोजगार लागि इराकमा थिईन् । हाल छोरीको घटना भएपछि उनी रुपन्देही आएकी छिन् । मृतकको मामाघर तर्फको आशंकाका आधारमा हजुर आमा हरिमायाँ ठकुरीलाई पनि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
प्रहरी नियन्त्रण अगाडी एबीसीसंग कुरा गर्दै हजुर आमा हरिमायाँ ठकुरीले आगो लागेर बाहिर गल्लीमा पल्टीएको नातीनी(समिक्षा)लाई लुङ्गी(साडी)ले छोपेर आफैले आगो निर्भाईदिएको बताएकी थिईन् ।
समिक्षा जलिरहेका बेला उक्त कोठामा समिक्षाकी जीजु हजुर आमा समेत थिईन् । बृद्ध अवस्थाकी उनी बोल्न सक्छीन् तर कान सुन्दैनन् । उता मृतककी हजुर बुबा दोर्ण बहादुर ठकुरीले आफु माथिल्लो तलामा सुत्दै आएको बताउदै घटना भएको थाहा पाएपछि आफैले अटो रिक्सा बोलाएर अस्पताल पु¥याएको बताउंछन् ।
बैदेशिक रोजगारीको शिलसिलमा साउदी अरब रहेकी आमा मायाँ ठकुरी(थापा) नेपाल आएपछि मात्रै प्रहरीमा जाहेरी दर्ता भएको थियो । मृतककी आमा मायाले छोरीको नियोजित रुपमा नै हत्या गरिएको दाबी गर्दै आएकी छिन् ।
मृतक समिक्षाकी सानीमा रचना बुढाथोकीले मृतकले मर्नु अघि हजुर आमाले नै आगो लगाएको भनेर आफुलाई भनेको बयान दिएपछि घटनाले नयां मोड लिएको थियो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले मृतकका आफन्तले कार्यालयमा उजुरी दिएको जानकारी दिदै अनुसन्धान जारीरहेको बाहेक अरु बताउन चाहेनन् ।
समिक्षा हत्याकाण्डका बिषयमा सोमबार बसेको प्रदेशसभाको बैठकमा समेत सभासदहरुले प्रश्न उठाएका थिए । समिक्षालाई जलाईएको बिषय महिला हिंसाको अराजक स्वरुप भन्दै सभासदहरुले कारवाहीको माग गरेका थिए ।
समिक्षा जलेकी हुन् वा जलाईएकी भन्ने बिषयमा प्रहरीले समयमै अनुसन्धान त गर्ने नै छ । घटनाको प्रकृतिले समिक्षा मारिनुमा फेरीपनि बैदेशीक रोजगारीको बाध्यता कारक हो भन्न भने सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

नेकपाको केन्द्रीय कमिटी बैठक नवस्दा सदस्य नै भुमिका विहिन बनेको गुनासो (भिडियोसहित)

जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुखकै मिलेमतोमा व्यापक अनियमितता (भिडियोसहित)

पाल्पा संग्राहलय : सामाग्री संरक्षण अभावमा अलपत्र बन्दै (भिडियोसहित)

नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही (भिडियोसहित)

बाँकेको आधुनिक बसपार्क सम्पन्न नहुँदा यात्रुदेखि स्थानीयसम्मलाई सास्ती ( भिडियाेसहित)

रुपन्देहीको बेलबासबाट चरेस पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com