काठमाडौं , ६ चैत । हिमाली र पहाडी जिल्लाहरुमा रंगहरुको पर्व होली आज धुमधामका साथ मनाईंदैछ । तराईका जिल्लाहरुमा भने भोलि मनाउनेछ । फागुन पूर्णिमाका दिन खेलिने होलीलाई मेलमिलाप र सद्भावको पर्वका रुपमा पनि लिने गरिन्छ । एकआपसमा सद्भावपूर्वक रंग, अबिर लगाएर खुशी साटासाट गर्दै ...