काठमाडौं,४ चैत । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठनबन्धनले आफ्नो संगठनको नाम परिवर्तन गरी जनमत पार्टी राखेको छ ।
सिरहाको लाहानमा आइतबा र सोमबार बसेको राष्ट्रिय परिषद बैठकले गठन बन्धनको नाम संविधानअनुसार जनमत पार्टी राखेर दल खोल्ने निर्णय गरेको हो । भेलाले दल दर्ताका लागि राउतको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ ।
समितिले निर्वाचन आयोगमा दल दर्ता गर्ने र थप सदस्य मनोनित गर्ने जिम्मेवारीस दिइएको केन्द्रीय सदस्य अब्दुल खानले जानकारी दिनुभयो । स्वतन्त्र मधेशको अभियान चलाइरहेका राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले सरकारसंग ११ बुँदे सम्झौता गरेर पृथकतावादी आन्दोलन छाडेको घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्