मुख्य समाचार

आज फेरी सुनुवाई हुँदै

काठमाडौ, १५ साउन । स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–१९ को मतदान पुनः गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथिको सुनुवाइ आज फेरि हुँदैछ । बिहीबार नसकिएपछि आजका ..

आज खीर खाने दिन, खीर खाएर साउन १५ मनाइँदै

काठमाडौं, १५ साउन । आज साउन १५ अर्थात खीर खाने दिन, खिर खाएर यो पर्व घरघरमा मनाइँदैछ । नेपाली संस्कृतिका विभिन्न चाडपर्व मध्ये साउन १५ को विशेष महत्व रहेको छ ..

‘आम्नै नि त्यो भूकम्पको कुरा नसम्झनाउनु नानी’

नुवाकोट, १४ साउन । “आम्नै नि त्यो भूकम्पको कुरा नसम्झनाउनु नानी, रुन मात्र आउँछ ।” दुई वर्षअघिको विनाशकारी भूकम्प गएको सम्झँदा अहिले पनि मेघाङ गाउँपालिका–२ बुङताङकी टीकामाया तामाङको शरीर काम्न ..

उपत्यकाबाट २९ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, १४ साउन । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाभियानको २२० औँ हप्तामा आज टेकु दोभानस्थित नदी किनारमा सफाइ ..

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

भोजपुर, १४ साउन । मृत अवस्थामा भेटिएका तीन बालबालिका घटनाका विषयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान शुरु गरेको छ । भोजपुर अरुण गाउँपालिकामा–३ प्याउलीका रवीन्द्र सापकोटाका १४ वर्षीय ..

नेपालमा बाघ संरक्षण चुनौतीपूर्ण

चितवन, १४ साउन । सन् २०१३ को राष्ट्रिय तथ्याँकअनुसार नेपालमा रहेका १९८ बाघमध्ये सबैभन्दा बढी १२० बाघ चितवन निकुञ्जमा छ । बाँकेमा चार, पर्सामा सात, शुक्लाफाँटामा १७ वटा र बर्दिया ..

चाइना भ्रमण श्रृंखला : चाइनिज फुडको अथेन्टिक स्वाद चाइनामा मात्रै

– किशोर पन्थी (तस्विर समेत) चाइना भन्ने बित्तिकै मलाई चीनिया फूड दिमागमा आउँछ । चाइनिज फुड, कोरियन सुज, जापानिज वाइफ र अमेरिकन लाइफ विश्वमा नै चर्चित छ । कोरियन सुज ..

सुख्खाग्रस्त जिल्लाको अध्ययन गर्न समिति गठन

काठमाडौँ, १३ साउन । कृषि विकास मन्त्रालयले यही साउनको दोस्रो सातासम्म पनि पानी नपरी सुक्खाग्रस्त बनेका जिल्लाको अध्ययन गर्न समिति गठन गरेको छ । तराईका २ नं प्रदेशका सप्तरी, सिरहा, ..

मनाङमा यर्तुङ्ग मेला शुरु

मनाङ, १३ साउन । हिमालपारिको जिल्ला मनाङमा यर्तुङ्ग पर्व अर्थात् घोडाचडी पर्व शुरु भएको छ । बर्खाको याम सकिएपछि साउनको दोस्रो सातामा र खेती भित्र्याएपछि कात्तिक मसान्तदेखि मङ्सिरको शुरुमा ‘ने’ ..

सातौँ विश्व बाघ दिवस मनाइँने

काठमाडौँ, १२ साउन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी शनिबार सातौँ विश्व बाघ दिवस मनाउने भएको छ । ‘स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि’ भन्ने मूलनाराका साथ सातौँ विश्व ..

सातै प्रदेशबाट द्वन्द्वकालीन घटनाको अनुसन्धान सुरु

काठमाडौँ, १२ साउन । द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगले सातवटै प्रदेशबाट अनुसन्धान सुरु गरेको छ । आयोगले सात प्रदेशमा खडा गरेको मुकामबाट ..

लार्चा पुलमा फट्के राखिने

चौतारा ११ साउन । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने भोटेकोशी नदीको लार्चा पूल पहिरोले बगाएपछि आवतजावत गर्न अस्थायी रुपमा फलामे सत्तरी राखेर फट्के (साँघु) राखिने भएको छ । आइतबार ..