भदौ २४, २०८२ मंगलबार धनगढीमा पनि देउवाको घरमा आगजनी कैलालीको धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनी गरिएको छ। जेन-जेड आन्दोलनमा सरकारले दमन गरेपछि आक्रोशित युवाहरूले देउवाको धनगढीस्थित निवासमा आगजनी गरेका हुन्। यसअघि देउवाको काठमाडौंको बुढानिलकण्ठस्थित निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। ...