काठमाडौ २४ भदौ । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्।
केही बेरअघि मन्त्री अधिकारीले पदबाट राजीनामा दिएको उनका सहयोगी विजय अधिकारीले पुष्टि गरे।
नेता शेखर कोइरालाले चीनबाटै राजीनामा दिन निर्देशन दिएपछि उनीनिकट मन्त्री अधिकारीले राजीनामा दिएका हुन्।
सोमबार जेन(जी आन्दोलनमा सरकार दमन गर्दा १९ युवा मारिएपछि चीनमा रहेका कांग्रेस नेता कोइरालाले आफ्नो समूहका तर्फबाट मन्त्री रहेकाहरूलाई राजीनमाा दिन निर्देशन दिएका हुन्।








प्रतिक्रिया दिनुहोस्