काठमाडौँ, ६ बैशाख । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा नरहेको बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर परिसंघले यस्तो दाबी गरेको हो । परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले उपलब्ध तथ्याङ्क र विगतको परिदृश्यको विश्लेषण गर्दा अर्थतन्त्र संकटको अवस्थामा ...