ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस-युक्रेन युद्धका कारण खाद्यान्न अभाव : खाद्यान्न उपलब्ध गराउन भारत तयार


एबीसी / संवाददाता

काठमाडौँ, ६ बैशाख । रुस-युक्रेन युद्धका कारण खाद्य समस्या बढ्दै गएको बेला भारतले बाँकी विश्वलाई खाद्यान्न उपलब्ध गराउन तयार रहेको बताएको छ । युद्धको प्रभावले विश्वभर खाद्यान्नको मूल्य बढिरहेको छ भने कतिपय बजारमा अभाव नै सुरु भएको छ । यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यदि विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले अनुमति दिएमा तत्कालै उपलब्ध गराउन सक्ने बताउनुभएको बीबीसीले जनाएकाे छ ।

प्रधानमन्त्री मोदीले भारतसँग एक अर्ब ४० करोड मानिसलाई पुग्ने पर्याप्त खाद्यान्न भण्डारणमा रहेको बताउनुभएको छ । रुस युक्रेन युद्ध सुरु भएपछि खाद्यान्नको मूल्य र अभाव १० वर्षयताकै उच्च भएको छ । रुस र युक्रेनले विश्वव्यापी गहुँ निर्यातको एक तिहाइ हिस्सा ओगटेका छन् । यस्तै, मकै र जौ निर्यातको १७ प्रतिशत हिस्सा रुस र युक्रेनले ओगटेका छन् । दुवै देश युद्धमा रहेकाले अहिले त्यहाँबाट निर्यात हुन नसक्दा विश्वभर अभाव बढ्दै गएको हो ।

धान र गहुँको दोस्रो ठूलो उत्पादक भारतसँग सात करोड ४० लाख टन धान र गहुँ स्टकमा रहेको बीबीसीले जनाएको छ । भारतसँग गहुँको पर्याप्त भण्डारण रहेकाले तत्काललाई अभाव टार्न सक्ने अपेक्षा गरेको संयुक्त राष्ट्र सङ्घ अन्तर्गत खाद्य र कृषि सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चन्द्रागिरी केबलकारमा गम्भीर समस्या, यसरी भयो साढे ५ घण्टामा ६ सय जनाको उद्धार

काठमाडौं । काठमाडौंको सबैभन्दा नजिकै रहेको चन्द्रागिरी केबलकार चढेका सेवाग्राहीहरुको बुधबारको यात्रा सकसपूर्ण रह्यो । कतिपय केवलकारमै साढे ५ घण्टा बढी विताउनुपर्यो भने कतिपय चन्द्रागिरी

चन्द्रागिरि केबलकारमा फसेका ४ सय ३६ जनाकै उद्धार

काठमाडौं, २२ असार । काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा फसेका ४३६ जनाकै उद्धार भएको छ। बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। समस्या

चन्द्रागिरि केबलकारमा फसेका दुई सय जनाको उद्दार, अझै डेढ सय मानिसको उद्दार गर्न बाँकी

काठमाडौं, २२ असार । काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा डेढ सय जना स्थानीय पर्यटकहरू अझै फर्किन सकेका छैनन्। बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या

सम्बन्धित

चन्द्रागिरी केबलकारमा गम्भीर समस्या, यसरी भयो साढे ५ घण्टामा ६ सय जनाको उद्धार

चन्द्रागिरि केबलकारमा फसेका ४ सय ३६ जनाकै उद्धार

यौन दुर्व्यवहारका आरोपीलाई दिएको नियुक्तिले बोरिस जोन्सनको सत्ता संकटमा

चन्द्रागिरि केबलकारमा फसेका दुई सय जनाको उद्दार, अझै डेढ सय मानिसको उद्दार गर्न बाँकी

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस

अर्थमन्त्री शर्माले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com