ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार उपमहानगरपालिकाको नेतृत्वमा दाबी नछोड्न प्रचण्डलाई दबाब


एबीसी / संवाददाता

काठमाडौँ, ६ बैशाख । नेकपा माओवादी केन्द्रका नेताहरुले चार उपमहानगरपालिकाको नेतृत्वमा दाबी नछोड्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाव दिएका छन् । स्थानीय चुनावबारे छलफल गर्न आज आयोजित केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले चार उपमहानगरको दाबीमा लचक नहुन सुझाव दिएका हुन् ।

‘महानगरमा एकवटामा मात्रै चित्त बुझाएर जाने स्थिति सिर्जना भयो,’ बैठकमा सहभागी एक पूर्व स्थायी समिति सदस्यले भन्नुभयो, ‘यसको क्षतिपूर्तिस्वरुप चारवटा उपमहानगरमा जोड दिएर जानुपर्छ भन्ने सुझाव अधिकांश नेताबाट आयो ।’
महानगरमा भरतपुर मात्रै दाबी गरिरहेको माओवादी केन्द्रले चारवटा उपमहानगरमा पनि दाबी गरेको छ । माओवादीले गठबन्धनको बैठकमा जितपुर-सिमरा, घोराही, धरान र हेटौंडा उपमहानगरको प्रमुख आफूले पाउनुपर्ने माग गरेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको अवस्थाबारे ‘बिफ्रिङ’ गर्नुभएको पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यले जानकारी दिनुभयो । ‘अहिलेसम्मको अवस्थाबारे जानकारी गराउँदै उहाँले तपाईंहरुको यसमा राय के छ भनेर सोध्नु भएको थियो,’ आचार्यले भन्नुभयो, ‘हामीले महानगर र उपमहानगरमा मिलाएर जाँदा राम्रै हुन्छ भन्ने सुझाव दियौं ।’
त्यस्तै माओवादी केन्द्रको सोमबार अबेर केन्द्रीय समितिको भर्चुअल बैठक बसेको थियो । उक्त बैठकमा पनि प्रचण्डले अहिलेसम्मको अवस्थाबारे जानकारी गराउँदै आफ्नै शक्तिमा भर पर्न निर्देशन दिएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । ‘तल पनि मिलाएर जाने कोसिस गर्नुहोस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भन्नुभयो, ‘मुख्य आधार आफ्नो शक्ति हो, त्यसमा भर पर्नुपर्यो । मिलेन भने पनि दृढतापूर्वक एक्लै लड्नुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com