काठमाडौ ६ साउन । खोटाङ जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ। शल्यक्रियामार्फत जन्माइएका शिशुलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो। शिशुलाई समस्या देखिएपछि गर्भवतीका लागि राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत आमासहित शिशुलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो। ...