ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक परिषद् विधेयक एक सातादेखि राष्ट्रपति कार्यालयमा


abc news
श्रावण ६, २०८२ मंगलबार  १ : ३८ बजे

काठमाडौ ६ साउन । संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक एक सातादेखि राष्ट्रपति कार्यालयमा छ ।

संघीय संसद्‌मा दुवै सभा प्रतिनधिसभा र राष्ट्रियसभा० बाट पारित भएपछि सभामुख देवराज घिमिरेले यो विधेयक गत असार ३२ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका सदस्यहरू संवैधानिक परिषद् सम्बन्धी विधेयक कानुन शाखामै रहेको बताउँछन् ।

संविधानको धारा ११३ मा विधेयकमा प्रमाणीकरणसम्बन्धी व्यवस्था छ ।

‘यस धारा बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनु पर्नेछ’ संविधानको धारा ११३ को उपधारा २ मा छ ।

यदि प्रमाणीकरणका लागि पेश भएको विधेयकमा पुनर्विचार आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा उत्पति भएकै सभामा पठाउन सक्दछन् । यस्तो अवस्थामा पनि राष्ट्रपतिले विधेयक पेश भएको १५ दिनभित्र निजले सन्देश सहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउन सक्छन् ।

राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने हुन्छ । पुनर्विचार पश्चात विधेयक जस्तको तस्तै वा संशोधनसहित जसरी पारित भएर आएपछि पेश भएपछिको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था संविधानको धारा ११३ को उपधारा ४ मा छ ।

यो विधेयक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ फागुन २०७९ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रतिनिधि सभाबाट १८ चैत २०८१ मा पारित भएर राष्ट्रिय सभामा गएको थियो ।

राष्ट्रिय सभाले ३० जेठ २०८२ मा पारित गरेर प्रतिनिधि सभामै फिर्ता पठाएको थियो । त्यसपछि प्रतिनिधि सभाले २५ असार २०८२ मा पुनस् पारित गरेको थियो ।

दुवै सभाबाट पारित भएपछि सभामुख घिमिरेले प्रमाणीकरणका लागि ३२ असारमा राष्ट्रपतिकहाँ पठाएका हुन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनमा रुपान्तरित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२६वर्ष पछि कांग्रेसले आफनो विरासत फर्कायो

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

सम्बन्धित

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै

आजको मौसमः केही स्थानमा चट्याङसहित वर्षा हुने

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com