काठमाडौ ६ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय भएको विषयमा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ। मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पूर्वपदाधिकारी र सभापति देउवाले पूर्वराष्ट्रपति पुनस् राजनीतिमा सक्रिय हुनु उचित नभएको निष्कर्ष निकालेका हुन्।
सोमबार गोपालमान सिंहको निवास चाक्सीबारीमा यसबारे ७ नेताले छलफल गरेका थिए। आज ती सातमध्ये कै ५ नेता बूढानीलकण्ठ पुगेर देउवासँग छलफल गरे।
छलफलमा सहभागी नेता गोपानमान श्रेष्ठले भने, राष्ट्रपति भइसकेपछि पुनस् पार्टीको राजनीतिमा फर्किनु उचित हुँदैन। राष्ट्रपति त देशकै सर्वश्रेष्ठ पद हो। यो पदमा पुगिसकेको मान्छे फेरि राजनीतिमा फर्किन सुहाउँदैन। भन्ने कुरा भयो। सभापतिको पनि यही धारणा रह्यो।
गोपानमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजय गच्छेदार र डा प्रकाशरण महतसँगको छलफलमा सभापति देउवाले पनि यसबारे एमालेले निर्णय गर्नुपर्ने बताएका थिए।
सरकारको आलोचना गर्ने नेतालाई देउवाले भनेस् विस्तारै सुधार हुन्छ, अहिले नै कुनै कदम नचालौँ
एमाले अध्यक्ष चाहिँ पूर्वराष्ट्रपति राजनीतिमा आउन हुने या नहुने भन्ने विषयमा स्पष्ट हुनुहुन्छ, देउवालाई उदृत गर्दै श्रेष्ठले भने, यसबारे एमालेले उचित र गम्भीर निर्णय गर्नुपर्छ।
नेताहरूले पूर्वराष्ट्रपति सम्मानीत पद भएकोले त्यसको मर्यादा कायम राखेर बस्नुपर्ने धारणा राखेको श्रेष्ठले जानकारी दिए।
भण्डारी भने यता एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा नै गरिसकेकी छन्। उनको सदस्यता नवीकरणको विषयले एमालेभित्र नेताहरू विभाजित पनि भएका छन्।







प्रतिक्रिया दिनुहोस्