काठमाडौँ, २० फागुन । महाशिवरात्रिका दिन सोमबार नेपाली सेनाले सेना दिवस मनाएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गरेको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओली ...