ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राविधिक जनशक्तिको उत्पादन क्रमशः बढ्दै


एबीसी न्यूज

 

 

काठमाडौँ, २५ असार । मुलुकमा प्राविधिक जनशक्तिको आवश्यकता बढेसँगै त्रिभुवन विश्वविद्यालयबाट उत्पादित प्राविधिक धारका विद्यार्थीको प्रतिशतमा क्रमिक सुधार देखिएको छ ।

देशकै जेठो र ठूलो त्रिविमा व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा विद्यार्थीको उच्च चाप नघटे पनि प्राविधिक धारका विद्यार्थीको सङ्ख्यामा क्रमिक वृद्धि देखिएको हो । प्राविधिक धारको यो वृद्धि सामान्यदरमा मात्र भएकाले सन्तोषजनक भने छैन ।

विश्वविद्यालयसभाको ६०औँ वार्षिक दिवस बैठकमा आज पारित ग्रेस लिष्टअनुसार कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा गत वर्षको ३२६ विद्यार्थी सङ्ख्यामा वृद्धि भई यस वर्ष ५०५ पुगेको छ । यो कूल विद्यार्थी सङ्ख्याको शून्य दशमलव सात प्रतिशत हो ।

वन विज्ञान अध्ययन संस्थानमा २१० बाट वृद्धि भई २६४, इञ्जिनीयरिङ अध्ययन संस्थानमा दुई हजार ७१२ बाट बढेर दुई हजार ९७२, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा पाँच हजार ९५५ बाट वृद्धि भई छ हजार ४५२ पुगेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानमा भने एक हजार ८२१ बाट घटेर एक हजार ७१९ भएको छ ।

त्रिविका यस वर्ष उत्तीर्ण हुनेमा व्यवस्थापन सङ्कायका सबैभन्दा धेरै ३२ दशमलव पाँच विद्यार्थी छन् । यो सङ्कायमा २२ हजार ७९८ विद्यार्थी छन् । शिक्षा शास्त्रमा २० हजार २६ ९२८ दशमलव पाँच, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा १३ हजार ६९५ ९१९ दशमलव पाँच० र कानून सङ्कायमा एक हजार छ सय ६६ ९शून्य दशमलव पाँच विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीका अनुसार बैठकमा २०७५ असार १ देखि २०७६ मसान्तसम्मको अवधिमा तोकिएका सम्पूर्ण आवश्यकता पूरा गरी स्नातक, पिजिडिपिएिस, स्नातकोत्तर, एमफिल र विद्यावारिधि परीक्षामा उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका कूल ७० हजार ७७ विद्यार्थीको ५७औँ ग्रेस लिष्ट पारित भएको छ । यी विद्यार्थीले आगामी पुसमा हुने दीक्षान्त कार्यक्रममा भाग लिन पाउनेछन् । अघिल्लो ५६औँ ग्रेसलिष्टमा कूल ७३ हजार नौ सय एक विद्यार्थी थिए ।

शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले हालै तयार गरेको जनशक्ति प्रक्षेपणसम्बन्धी प्रतिवेदनमा सीपमूलक क्षेत्रमा आवश्यकतानुसार जनशक्ति नभएको उल्लेख छ भने सरकारले विद्यालय र स्थानीय तहदेखि नै प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिने उद्घोष गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबहाली गर्दा प्राविधिक शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सरकारलाई गत माघ १ गते बुझाइएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले उच्चशिक्षालाई प्राविधिक र अनुसन्धानमुखी बनाउनुपर्ने सुझाव दिएको थियो । प्रधानमन्त्री ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्षजनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन सबै विश्वविद्यालयलाई आग्रह गर्दै आउनुभएको छ ।

त्रिविमा हाल ६१ आङ्गिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पसमा गरी तीन लाखभन्दा बढी विद्यार्थी छन् । मुलुकका ११ विश्वविद्यालयमध्ये त्रिविले मात्रै ८० प्रतिशत विद्यार्थीको भार बहन गर्दै आएको छ । सेवा आयोग र परीक्षा नियन्त्रण कार्यालयमा पछिल्लो समय सार्वजनिक भएको अनियमितताका घटनाले त्रिविले बदनामी कमाए पनि ‘द हाइयर एजुकेशन’ ले सन् २०१९ का लागि गरेको वल्र्ड युनिभर्सिटी र्याङ्किङ्’ मा यो विश्वविद्यालय विश्वका उत्कृष्ट ८०१ देखि १००० र एशियाका उत्कृष्ट २५१ देखि ३०० पर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com