काठमाडौं, ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा चुनावमा रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई गरेको अपिलले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको बताउनुभएको छ । प्रचण्डले स्वतन्त्र, स्वच्छ र मर्यादित चुनाव सम्पन्न गर्नु सरकारको दायित्व ...