ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले कार्यदलमा एकताको सहमति : भोलि फेरी बैठक बस्ने


एबीसी / संवाददाता
असार २५, २०७८ शुक्रबार  ८ : २६ बजे

काठमाडौं, २५ असार, । नेकपा एमालेका एकताका लागि कार्यदलले लगभग सहमति जुटाएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको जानकारी दिनुभयो । उहाँले सञ्चारकर्मीसँग भन्नुभयो , ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।’ सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उहाँले बताउनुभयो । सहमतिका बुँदा थाहा पाउन १८ घन्टा पर्खिन उहाँले आग्रह गर्नुभयो ।

बैठकपछि ज्ञवालीले दिएको प्रतिक्रिया उनकै शब्दमा

कार्यदलको आजको बैठक हामीले निकै लामो, निकै सौहार्द र सघन छलफलमा विताएका छौं । झण्डै झण्डै ७ घण्टा व्यतित गरेका छौं र बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं । सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन हामी बस्नुपर्ने भएका कारणले भोलिसम्मका हामीले बैठक स्थगित गरेका छौं । तर यति चाहिँ म तपाईहरुलाई शेयर गर्न चाहन्छु कि हामी अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्‍याएका छौं । त्यसकारण अब नेकपा एमालेका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुले पार्टीको भविश्य के होला भन्नेबारे उहाँहरुको चिन्तालाई दुर गर्ने गरी हामी सहमतिका साथै यो बैठकलाई टंग्याउने छौं ।

नेताहरुसँग आवश्यक परामर्श नियमित रुपमा भइरहन्छ । तर भोलि हामी यसलाई फाइनल गर्छौं । कार्यदललाई नै यो समस्या समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्न टीओआर पाएका छौं । हामी त्यही आधारमा नै टुंग्याउछौं ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीको आकस्मिक कदम:वरिष्ठ वकिल बोलाएर कानुनी रणनीति छलफल

पूर्व गृहमन्त्री रमेश लेखक कटुन्जेबाट पक्राउ

सम्बन्धित

ओलीको आकस्मिक कदम:वरिष्ठ वकिल बोलाएर कानुनी रणनीति छलफल

पूर्व गृहमन्त्री रमेश लेखक कटुन्जेबाट पक्राउ

ओली–लेखक पक्राउको काउन्टडाउन सुरु:मध्यरातको निर्णय, बिहान घेराबन्दी

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com