ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कथित “सामाजिक सुधारक” ज्वाला संग्रौलाको बयान : गाउँ फर्केर खेतिपाती गर्छु


एबीसी / संवाददाता
असार २५, २०७८ शुक्रबार  ३ : ३२ बजे

काठमाडौं, २५ असार ।  केही समयदेखि सामाजिक सञ्जालमा उग्र टिप्पणी लेख्दै चर्चा बटुलेकी कथित “सामाजिक सुधारक” ज्वाला संग्रौलाद्वारा सन्चालित फरकफरक नामका २० वटै अकाउन्ट तीन सातादेखि निष्क्रिय छन् । आफ्नै साथी युवा संघ आबद्ध खुश्बु घिमिरेलाई सामूहिक कुटाई र अभद्र व्यवहार गरेको आरोपमा असार ६ गतेदेखि प्रहरी हिरासतमा रहेकी उनीमाथि तीन वटा मुद्दा अघि बढाउन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय,काठमाडौंबाट अनुमति लिएको छ ।

प्रहरीका अनुसार संग्रौला हिरासतमा पर्नुअघि नै एक जना ट्राफिक प्रहरी असईमाथि रंगभेदी र जातीय विभेदरुपी अभिव्यक्ति दिएको भिडियो भाइरल बनेको थियो । त्यसलगत्तै अनुसन्धानको क्रममा संग्रौलाको जन्मदर्ता र विवाह दर्तासमेत नक्कली प्रमाणित भएपछि यसअघि अभद्र व्यवहारको मुद्दासहित जातीय विभेद र लिखित र्कितेसम्बन्धी तीन वटा मुद्दा अघि बढाइएको प्रहरीले बताएको छ ।

२० दिनदेखि हिरासतमा रहेकी उनको मुद्दाको फाइल सम्भवतः आज अदालतमा पठाईंदै छ । अदालतबाट हिजो पठाइएको पत्रमा संग्रौलाविरुद्ध मुद्दाको फाइल पेश गर्न थप दुई दिनको म्याद दिइएको छ । अपराधको प्रकृति हेरी अनुसन्धानको सिलसिलामा प्रहरीले २५ दिनसम्म जोसुकैलाई हिरासतमा राख्न पाउँछ ।

प्रहरीले नक्कली विवाह गरेको कागजात भेटिएपछि उनको पति भनिएका पुरुष र अर्की एक युवतीलाई पनि पक्रेर अनुसन्धान गरिरहेको छ । संग्रौलाले किर्ते विवाह गरेर पति वरण गरेका भनिएका पुरुष हिमाल उपाध्याय हुन् । उनीहरु दुबैमाथि किर्ते कागजमा थप अनुसन्धान भएको बताइन्छ ।

पहिला निकै उग्र देखिएकी संग्रौला अहिले शान्त देखिएको पनि प्रहरीको अनुभव छ । अनुसन्धानमा संलग्न एक जना अधिकारीका अनुसार ज्वालाले मुद्दाको छिनोफानो भएपछि लफडा छाडेर गाउँ गई खेतिपाती गरेर बस्ने बताएकी छन् ।

हालसम्म प्रहरीले उनका २० वटाभन्दा धेरै फेसबुक एकाउण्ट समेत पत्ता लगाएको छ । आफ्ना बिरोधीलाई ठेगान लगाउन बेलाबखतमा ती फरक फरक एकाउण्टबाट उनले फेसबुक रंगाउने गरेको प्रमाणसमेत प्रहरीले बटुलेको हो ।

अदालतले सरकारी कागजात एक हैन अनेक ठाउँबाट नक्कली र किर्ते गरेको आरोपमा प्रहरी हिरासतमा रहेकालाई पुर्पक्षका लागि थप केही दिन थुनामा राख्न आदेश दिनसक्ने कानुनी व्यवस्था छ । त्यसैले ज्वालालाई पनि जिल्ला न्यायाधीशले उक्त आदेश दिनसक्ने सम्भावना बढी रहेको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

बालेन सरकारका मन्त्रीहरूको विस्तृत प्रोफाइल: संगीतको स्वरबाट सिंहदरबारको सिंहासनसम्म !

प्रधानमन्त्री बालेनको शपथमा यसकारण गएनन् ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com