जुम्ला, ११ पुस । जुम्लामा नेपाली सेनाका प्रमुख सेनानीको शव फेला परेको छ । २४ नम्बर बाहिनीमा कार्यरत प्रमुख सेनानी अञ्जन रुपाखेतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । आज सोमवार बिहान चिया खाने समयमा चिया लिएर जाँदा ...