जुम्ला, ११ पुस । जुम्लामा नेपाली सेनाका प्रमुख सेनानीको शव फेला परेको छ । २४ नम्बर बाहिनीमा कार्यरत प्रमुख सेनानी अञ्जन रुपाखेतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
आज सोमवार बिहान चिया खाने समयमा चिया लिएर जाँदा रुपाखेती मृत भेटिनुभएको र उहाँले आत्महत्या गरेको हुन सक्ने नन्द बक्स गण जुम्लाका गणपति रविन थापाले बताउनुभयो ।उहाँले रुपाखेतीको निधनले एक कुशल कमान्डर तथा सहकर्मी गुमाएको बताउनुभयो । उहाँका अनुसार प्रमुख सेनानी रुपाखेतीले अहिले अप्रेशन क्षेत्र हेरिरहनुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्