कालीकोट, १६ माघ । जिल्लाको रास्कोट नगरपालिकामा पहिलो पटक प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याइएको छ । उक्त नगरपालिकाको सहयोगमा ग्रामीण क्षेत्रमा पहिलो पटक प्रयोगशाला सञ्चालनमा आएको हो । नगरपालिका प्रमुख काशीचन्द्र बरालले सो प्रयोगशाला उद्घाटन गर्दै स्थानीय नगर तथा छिमेकी समुदायका लागि अवसरका रुपमा लिएको बताउनुभयो ...