ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनचाँदी पसलमा छापा, वैधानिक नभएको भन्दै साहुहरुको विरोध


admin

वीरगन्ज, १५ माघ । राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले वीरगन्जको अलग अलग दुई सुन चाँदी पसलमा छापा मारेको छ ।

राजश्व अनुसन्धान अधिकृत भिम देवकोटाको नेतृत्व गएको टोलीले वीरगन्को घण्टाघरस्थित लिङ्करोडमा रहेको श्री बालाजी ज्वेलर्स र गहवामा रहेको ओम ज्वेलर्स सुन पसलमा आज अपरान्ह छापामारी गरेको हो ।

विशेष सुराकीको आधारमा आफुहरुले छापामारेको राजश्व अनुसन्धान विभाग मध्यमान्चल क्षेत्रिय कार्यालय पथलैया वाराका अनुसन्धान अधिकृत भिम देवकोटाले संचारकर्मीहरुलाई बताएकाछन् ।

राजश्व अनुसन्धान कार्यालयले आज वीरगन्जको दुई अलग अलग स्थानमा रहेको सुनचाँदी पसलमा छापामारेपछि पर्सा सुनचाँदी व्यवसायी संघले विरोध समेत जनाएको छ ।

कुनै व्यापारिक प्रतिष्ठानमा अथवा उद्योग पसलमा छापामार्ने बेलामा उद्योग वाणिज्य संघ, कर कार्यालय, सम्बन्धित संघ संस्थाका प्रतिनिधि, वाणिज्य कार्यालयका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरुको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ । तर, राजश्व अनुसन्धान कार्यालय बाराले छापामार्ने क्रममा त्यो प्रक्रिया पुरा नगरेकोमा पर्सा सुनचाँँदी ब्यवसायी संघले ठूलो विरोध जनाएका थिए ।

राजश्व अनुसन्धानले छापा मार्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ठूलो संख्यामा सो क्षेत्रमा परिचालित समेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com