ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रूसले पुन चुनावमा हस्तक्षेप गर्न सक्ने सीआइएका निर्देशकको अनुमान


admin

काठमाडौं, १६ माघ । अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशकले यसै वर्षको अन्त्यतिर हुने अमेरिकाको मध्यावधि चुनावमा रूसले हस्तक्षेपको प्रयत्न गर्न सक्ने बीबीसीलाई बताएका छन् ।

लाङ्लीस्थित सीआइएको मुख्यालयमा कुरा गर्दै माइक पोम्पेओले उनको संगठनले त्यस्ता प्रयत्नहरूलाई रोक्ने प्रयास गरिरहेको बताए । अधिकांश बिहान राष्ट्रपति डोनल्ड ट्रम्पलाई जानकारी गराउने सीआइए निर्देशक पोम्पेओले राष्ट्रपतिले ठीक ढङ्गले काम नगरेको भन्ने आरोपलाई ’वाहियात’ भन्दै खण्डन गरे ।

बीबीसीसंगको अन्तर्वार्तामा उनले अबका केही महिनामा उत्तर कोरियाले अमेरिकासम्म पुग्ने परमाणविक क्षेप्यास्त्र विकास गर्न सक्ने पनि बताए ।

प्रतिआतंकवादका विषयमा रुससंग साझेदारी भएपनि पोम्पेओले रूस मुख्य रूपमा अहिले पनि अमेरिकाको प्रतिद्वन्द्वी भएको बताएका छन् । उनले युरोपका धेरै देशलाई नोक्सान हुने गरी अहिले पनि उसले गुप्तचर गतिविधि गरिरहेको र त्यो नघटेको बताए ।

पोम्पेओले रूसीहरूको गतिविधि उल्लेख्य रुपमा कम नभएको भन्दै उनीहरुले आफ्नो प्रयासलाई निरन्तरता दिने बताएका छन् । उनले स्वतन्त्र र निष्पक्ष चुनाव गराउने विश्वस्त रहेको पनि बताए ।

अमेरिकी गुप्तचर निकायहरूले सन् २०१६ को राष्ट्रपतीय चुनावमा मस्कोले हस्तक्षेप गरेको विश्वास गर्ने गरेका छन् । तर राष्ट्रपति ट्रम्पले त्यसलाई पूर्ण रूपमा खारेज गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ- प्रधानमन्त्री

सम्बन्धित

सलामी मारिएपछि वाहिदी बने इरानको नयाँ आईआरजीसी प्रमुख

इरानी सेनाको शीर्ष तह सखाप, यी हुन् मारिएका जनरल र वैज्ञानिक

बम रहेको सूचनापछि एयर इन्डियाको विमान थाइल्यान्डमा आपत्‌कालीन अवतरण

के ट्रम्पले मध्यपूर्वमा संयम देखाउलान ?

इरानबाट वास्तविक खतरा

विमान खस्दा २४१ जनाको मृत्यु अहमदाबादमा प्रधानमन्त्री मोदी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com