ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो


एबीसी न्यूज
बैशाख ८, २०८३ मंगलबार  ८ : १४ बजे

काठमाडौँ, ८ वैशाख । अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो
इरानी कार्गो जहाजलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सम्बन्धित पक्षहरूलाई जिम्मेवार भई युद्धविराम सम्झौता पालना गर्न आग्रह गर्नुभएको छ । हिजो चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओले होर्मुज जलमार्गको अवस्था संवेदनशील र जटिल रहेको भन्दै यसप्रति सरोकारवाला पक्षलाई जिम्मेवार हुन आग्रह गर्नुभएको छ ।

सम्बन्धित पक्षहरूले थप तनाव बढ्न नदिई होर्मुज क्षेत्रमा सामान्य पारवहन सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्नेमा चीनले जोड दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । साथै चीनले सबै पक्षलाई युद्धविराम र वार्ताको गतिलाई निरन्तरता दिन आग्रह गरेको छ ।

प्रवक्ता गुओले शान्तिको अवसर खुलेको यो समयको सदुपयोग गरी युद्धलाई छिट्टै अन्त्य गर्न अनुकूल परिस्थिति निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । यसअघि अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेकाले इरानी कार्गो जहाज नियन्त्रणमा लिएको बताएको थियो ।

यसैबिच, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगहाइले अमेरिकासँग हुने भनिएको वार्ताको अर्को चरणबारे कुनै योजना नभएको बताउनुभएको छ । अमेरिकाले आफ्ना अनुभवहरूबाट पाठ नसिकेको र यसबाट कहिल्यै राम्रो नतिजा ननिस्कने उहाँको भनाइ छ ।

अमेरिकाले युद्धविराम लागू भएको पहिलो चरणमै यसको उल्लङ्घन गरेको र यसबारे आफूहरूले पाकिस्तानी मध्यस्थकर्तालाई सूचित गरिसकेको खबरमा उल्लेख छ । इरानमाथि नौसैनिक नाकाबन्दी लगाएर अमेरिकाले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको इरानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा

इरानी कार्गो जहाजमा अमेरिकी आक्रमण, इस्लामावादमा दोस्रो वार्ताको तयारी

तेहरान क्षेत्रमा व्यापक युद्धविराम हुनुपर्छः इरानका उप–परराष्ट्रमन्त्री

टर्कीका राष्ट्रपतिद्वारा खाडी मुलुकहरूको खुला समुन्द्रमा निर्वाध पहुँचको अधिकारमा जोड

कानूनको शासन, न कि शक्तिको प्रदर्शनः संयुक्त राष्ट्र प्रमुख

लेबनानी राष्ट्रपतिद्वारा युद्धविराम पछि स्थायी सम्झौताका लागि वार्ताको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com