काठमाडौं, १७ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसांसद अर्जुनप्रसाद जोशीले जनताको समस्या र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । तनहँुको ऋषिङ गाउँपालिका–७ कान्छे विद्युतीकरण जलविद्युत् आयोजनाको आज उद्घाटन गर्दै जोशीले नेपाली काँग्रेस जनताको सर्वोच्चता र नागरिक अधिकारको पक्षमा समर्पित रहँदै ...