ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोमान्थाङ चिनाउने दुई वटा म्युजिक भिडियो सार्वजनिक


admin
पुस १७, २०७६ बिहीबार  ६ : ३७ बजे

पोखरा १७ पुस । भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण गरिएको उपल्लो मुस्ताङको लोमान्थाङ चिनाउने दुइवटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टद्धारा निर्मिते “लोमन्थाङ गाउ र लोमन्थाङमै बसम” बोलको गीतको म्युजिक भिडियो भ्रमण वर्ष उद्घाटन समारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले गण्डकी प्रदेश आफैमा प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको प्रदेश भएकाले भ्रमण वर्ष २०२० सफल हुनेमा कुनै शंका नरहेको वताए । गण्डकी प्रदेश हिमालदेखी तराइ सम्म फैलिएको र अन्य प्रदेशहरुमा भन्दा बढी मात्रामा पर्यटकीय गतिविधीहरु सञ्चालन भइरहेकाले पनि भ्रमण वर्ष सफल हुने उनको भनाइ रहेको थियो । हिमालपारिको जिल्ला उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रको पुरातात्विक, ऐतिहासिक, प्राकृतिक र सांस्कृतीक सम्पदाको प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले लोमान्थाङ गाउ वोलको आधुनिक र लोमन्थाङमै बसम वोलको लोक गीत निर्माण गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य विष्टले एक वर्षको तलबभत्ता बरावरको लगानीमा उक्त म्युजिक भिडियोहरुको निर्माण गरेका हुन । लोमान्थाङ गाउ वोलको आधुनिक गीतमा गायिका जुनु रिजालले स्वर दिएकी छिनभने र लोमन्थाङमै बसम वोलको लोकगीतमा चर्चित लोकदोहोरी गायक रामजी खांड र संगीता थापा मगरको स्वर रहेको छ । आधुनिक गीतमा निशा गुरुङको अभिनय रहेको छभने लोक गीतमा गायक गायिका स्वयंको अभिनय रहेको छ ।

दुवै गीतको शब्द रचना रमेश बिजीले गरेका हुन । दुवै गीतमा बिबी अनुरागीकोे संगीत संयोजन छ भने म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन् । भिडियो छायांकन भने राजेश घिमिरेले गरेका हुन । प्रिजीमा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतहरुको पोष्ट प्रोडक्सन साइभिजन प्रा.लि.को रहेको छ । उक्त गीतहरुको छायांकन उपल्लो मुस्ताङको लोमान्थाङ बजार, चराङ, मराङ र चैले र तल्लो मुस्ताङको छुसाङ, कागबेनी, मुक्तिनाथ, धौलागिरि र निलगिरि बेसक्याप लगायतका क्षेत्रमा गरिएको हो । उक्त गीत लाफा म्युजिक युट्युव मार्फत बजारमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com