काठमाडौ, १३ वैशाख । नेपाल प्रहरीका तत्कालीन एआइजी जयबहादुर चन्दले प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धमा दायर गरेको मुद्दा खारेज भएको छ। चन्दले अवकाश पाएपछि मुद्दाको टुंगो लागेको हो। चन्दले अवकाश पाएको १५ दिनपछि सर्वोच्चका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशले बिहीबार रिट खारेज गरेको छ। ...