चौतारा, १७ कात्तिक । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आयोजित दुई दिवसीय निःशुल्क आँखा शिविरमा ५४ जना मोतीया विन्दुका बिरामीको सफल शल्यक्रिया सम्पन्न भएको छ । उक्त शिविरमा जिल्लाका दुर्गम गाउँलगायत छिमेकी काभ्रे जिल्लाका बिरामी समेत तीन सय ८७ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको ...