ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

उजुरी बढ्दै राष्ट्रिय महिला आयोगमा


admin

 काठमाडौं,१७ कात्तिक । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगमा दर्ता हुने उजुरीमा करीब ५०० ले वृद्धि भएको छ । आयोगले शुक्रबार यहाँ आयोजना गरेको सञ्चारमाध्यमसँगको अन्तरक्रिया कार्यक्रममा प्रतिवेदनमार्फत आयोगले उक्त जानकारी गराएको हो ।

आर्थिक वर्ष २०७३-७४ मा ३४१ महिलासम्बन्धी घटनाको दर्ता भएको थियो । आर्थिक वर्ष २०७४-७५ मा भने आठ ८३८ महिलासम्बन्धी घटना दर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

आयोगका सचिव अनिलकुमार झाका अनुसार गत आर्थिक वर्षदेखि आयोगले हेल्पलाइन शुरु गरेपछि घटना दर्ता बढी हुन थालेको हो । दर्ता हुने घटनामा सबैभन्दा बढी टेलिफोन र हेल्पलाइनबाट घटना दर्ता हुने गरेको पनि सचिव झाले जानकारी गराउनुभयो ।

गत वर्ष दर्ता भएको जम्मा घटनामध्ये सबैभन्दा बढी मानसिक तथा शारीरिक हिंसाका कारण घटेका घरेलु हिंसाका दर्ता भएका छन् । गत आवमा आयोगमा परेको उजुरीको घटनामम्धे २१५ कानूनी कारवाहीको लागि सम्बन्धित निकायमा सिफारिश गरिएको छ । त्यसैगरी १६६ घटनाको लागि मनोसामाजिक परामर्शका लागि सिफारिश गरिएको छ । १३४ कारवाहीको लागि पत्राचार गरिएको छ, ८३ घटनामा मिलापत्र सिफारिश गरिएको र ४७ घटना सेल्टरको लागि सिफारिश गरिएको बताइएको छ ।

हाल आयोगमा आउने उजुरीमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट हिंसाका घटना दर्ता हुने गरेको छ । पहिलेको भन्दा पछिल्लो समय हिंसाको स्वरुपमा परिवर्तन पनि भएको छ ।

अहिले हाडनाता करणी, सामूहिक बलात्कार, यौन व्यापारका लागि विभिन्न देशमा मानव तस्करी, विदेशी नागरिकबाट बालयौन शोषण र बोक्सीको आरोपमा मानसिक र शारीरिक यातनाजस्ता घटना दर्ताका लागि आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन – नेता नेपाल

काठमाडौं, १० वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता जोगाउन कठिन भएको बताउनुभयो । जनकपुरधामस्थित

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरू

काठमाडौं, १० वैशाख । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज, १० वैशाख । बाँकेमा एक २८ वर्षिय युवकसहित थप तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालको कोभिड

सम्बन्धित

कोरोना कहर

ओलीसँग डिनर मिटिङपछि वामदेवले दिए यस्तो प्रतिक्रिया

छिमेकीले चलाएको गोली लागेर मृत्यु

ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

मुस्ताङ र घुन्सामा हिमपात

 पाँच पुल निर्माण हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com