बझाङ,१७,कात्तिक । बझाङ जिल्लामा ३३ केभीको राष्ट्रिय प्रसारणलाइनको काम तीव्र गतिमा हुँदै गएको छ ।
राष्ट्रिय प्रशारणलाईनलाई श्रीभावरदेखि चैनपुरको सेलाखेतसम्म ठेकेदार नरेन्द्र दावार जेवी निर्माण कम्पनीले पाएको छ भने श्रृभावरदेखि खोड्पेसम्म ईन्द्र धनु निर्माण सेवाले जिम्मा पाएको थियो । निर्माण कम्पनीहरुले आफुहरुले सम्पुर्ण काम सम्पन्न भएको जनाएको छ ।
विभिन्न प्रविधिक गडबडीका कारण दसैमा उज्यालो दिन नसकेपछी दिपावलीको दिनसम्म राष्ट्रिय प्रशारणलाईनको उदघाटन हुने तयारी छ । राष्ट्रिय प्रसारण लाईन खोड्पे चैनपुर ईन्जिनियर चिजबहादुर गुरुङले बताउनुभयो ।
बैतडीको खोड्पेदेखि बझाङको चैनपुरसम्म १० करोड लागत रहेको जनाएको छ ।
जिल्लामा अहिलेसम्म सुर्मा देवि विद्युतप्रालिले सेवा दिदै आईरहेको भएपनि भरपर्दो सेवा नदिँदा बझाङका उपभोक्ताहरु मारमा परेका छन ।
प्रतिक्रिया दिनुहोस्