लमही, १ चैत । आर्थिक अवस्था कमजोर भएका कारण तुलसीपुर उपमहानगरपालिका–२ कुइरेपानीका ६८ वर्षीय हिरालाल चौधरीले लामो समयसम्म आँखाको उपचार गराउन नसकेर न्यून दृष्टियुक्त भई जीवननिर्वाह गर्दै आएनुभएको थियो । न्यून दृष्टियुक्त भएर भोगेको दुःख र पीडाले उहाँलाई जीवन नै निराश हुन लागेको थियो । ...