ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटमा वृद्धादेखि सुत्केरीसमेतलाई नागरिकता


admin


जाजरकोट, १ चैत । जाजरकोटको दुर्गम बारेकोटमा सञ्चालित घुम्ती शिविरमा ७२ वर्षीया एक ज्येष्ठ महिलादेखि तीन दिने सुत्केरी समेतले नागरिकता लिने अवसर पाएका छन् । 

बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय जाजरकोट समन्वयमा बुधबारदेखि बारेकोटको लिम्सामा भएको शिविरमा बारेकोट गाउँपालिका–४ गोठगाउँकी ७२ वर्षीया धनसरी सिंहले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् । 

त्यस्तै बारेकोट–४ करुकाकी तीन दिने सुत्केरी १८ वर्षीय देवीका बस्नेत थापाले पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले उनीहरुलाई नागरिकता प्रमाणपत्र दिनुभएको हो । पहिलो पटक डिजिटल प्रविधिबाट शिविरमा नागरिकता वितरण गरिएको खतिवडाले बताउनुभयो । 

जीवनको उत्तरार्धमा ७२ वर्षको उमेरमा पहिलो पटक घरजनिकै नागरिकता लिन पाउँदा धनसरी निकै हर्षविभोर हुनुभयो । सदरमुकाम जान तीन दिन हिँड्नुपर्ने बाध्यता, आफै हिँडेर जान नसक्ने, सदरमुकाम लगिदिने मानिस नभएको, आर्थिक समस्या र नागरिकताको खासै काम नपरेकोले पहिले बनाउन नपाएको उहाँले बताउनुभयो । 

समयमा नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता र चुनावमा भोट हाल्नबाट समेत वञ्चित हुनुपरेको उहाँले गुनासो सुनाउनुभयो । घर नजिकै नागरिकता वितरण गर्ने टोली आएको जानकारी पाएपछि तीन दिनकी सुत्केरीले पनि नागरिकता लिएकी हुन् । उहाँले भन्नुभयो,“घण्टौँ हिँडेर सदरमुकाम गएर नागरिकता लिनुपर्ने झण्झट हटेको छ । म निकै खुशी छु ।” 
त्यस्तै, बारेकोट–४ जिरीकी ६९ वर्षीया अविवाहिता महिला पद्मी सार्कीले पनि पहिलो पटक नागरिकताको प्रमाण प्रत्र पाउँदा निकै खुशी भएकी छन् । माइतीमै एकल जीवन बिताउँदै आएकी उहाँले समयमा नागरिकता नबनाउँदा लामो समयदेखि सामाजिक सुरक्षा भत्तासमेत पाउनबाट समेत वञ्चित हुनुपर्यो । पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि उहाँले आफ्नो वषौंदेखिको अधुरो धोको पूरा भएको बताउनुभयो । 

दुर्गमका जनतालाई घर आँगनमै सरकारी सेवा प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा नागरिकता, फोटोसहितको मतदाता नामावली, अपाङ्गता परिचयपत्र वितरण, घरेलु उद्योग दर्ता लगायतका सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । शिविर एक सातासम्म सञ्चालन हुनेछ । 

मुड्केचुला गाउँपालिकाको प्रत्येक स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा भिडियो एक्सरे गर्नकै लागि डोल्पाको सदरमुकाम दुनै आउनुपर्ने बाध्यताबाट मुड्केचुला गाउँपालिकाका स्थानीयलेमुक्त भएका छन् । 

मुड्केचुला गाउँपालिकाको आर्थिक सहयोगमा प्रत्येक वडा रहेका स्वास्थ्य संस्थामा भिडियो एक्सरे वितरण गरेपछि यहाँका स्थानीयवासी दुनै जानु नपर्ने भएको हो । भिडियो एक्सरे पाएसँगै यहाँका स्थानीयवासी खुशी भएका छन् । 

गर्भ जाँच गर्नका लागि दुनै जानुपर्ने बाध्यता अन्त्य भएको राजिकम्द स्वास्थ्यचौकीकी अनमी लक्ष्मी शाहीले बताउनुभयो । दुई दिन हिँडेर सदरमुकाम गई भिडियो एक्सरे गरी जाँच गर्नुपर्ने अवस्था अन्त्य गरी अब गाउँमै सो सेवा प्रदान गरिएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो । 

केन्द्रीय विद्युत् बाल्ने सपना पूरा 

विद्युत्, शिक्षा , सडकमा तीव्र रुपमा विकास गरेपछि जाजरकोटको परिचय फेरिन थालेको छ । एक वर्षअघि मात्र सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन (३३ केभी) प्रशासरण लाइन जोडिएको थियो । 

आर्थिक वर्ष २०७५÷७६ मा पूरै जाजरकोट केन्द्रीय लाइनको पहुँचमा पुग्ने देखिएको छ । जिल्लाका सात स्थानीय तहमा अहिले यो वर्षमा ७० प्रतिशत भू–भागमा ११ केभी प्रशारण लाइन पुगिसकेको छ । बाँकी जिल्लाको नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा विद्युत् जडानका लागि पोल गाड्ने काम तीव्र रुपमा भएको नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले जानकारी दिनुभयो । 

भेरी नगरपालिका कुदुमा ३३ केभी प्रशारण लाइनको (सव स्टेशन) वितरण केन्द्र निर्माण भई जिल्ला अन्य ठाउँमा सव स्टेशन निर्माणको काम शुरु भएको छ । निकट भविष्यमा जाजरकोट नलगाड नगरपालिकाको चौखा, छेडागाडको वडावन निर्माण हुने तयारीमा रहेको छ । जिल्लालाई यो आर्थिक वर्षभित्र विद्युतीकरण गरिने लक्ष्यसहित काम तीव्र रुपमा भएको प्राविधिकरणले जनाएको छ । 

जाजरकोट जिल्ला छोएर तीन राष्ट्रिय महत्वका सडक देशका विभिन्न ठाउँमा जाने भएकाले सोही सडकमार्फत जिल्लाका सवै ठाउँमा विद्युत् लिन सजिलो हुने भएपछि सबै ठाउँमा फलामका पोल गाड्ने काम अन्तिमचरणमा पु¥याएको छ । 

जाजरकोट –डोल्पा सडक खण्ड, जाजरकोट–जुम्ला सडक, मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोट, दैलेख सडक खण्डमा विद्युत्का पोल गाड्ने काम अन्तिमचरणमा पुगेको छ । मुख्य प्रशारण लाइनबाट भेरी नगरपालिकाका र शिवालय गाउँपालिकाका गाउँ, गाउँमा विद्युत् लिनका लागि नौवटा प्रशारण लाइन जोड्नुका साथै टान्समिटर समेत जोडी विद्युत् सुचारु भइसकेको छ । अन्य ६ ठाउँमा काम जारी रहेको छ । 

त्यस्तै ११ केभी प्रशारण लाइन अन्तर्गत नलगाड नगरपालिका हुँदै बारेकोट जोड्ने विद्युत्को लाइन जोड्ने काम जारी रहेको छ । यस खण्ड अन्तर्गत नलगाड नगरपालिका हुँदै तल्लो डोल्पासम्म लाइन विस्तारको काम जारी रहेको छ । कुशे गाउँपालिकामा लाइन विस्तारको काम निरन्तर भइरहेको छ । छेडागाड नगरपालिकामा ६ वटा सहायक लाइन निर्माणका लागि काम काम सञ्चालन गर्न थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुन्धाराको सडकमा दुई मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

सम्बन्धित

लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्री ओली (पूर्णपाठसहित)

भारत र पाकिस्तानबीच अचानक युद्धविरामको रहस्य

अमेरिका र चीनबीच करमा यस्तो सम्झौता

अर्थमन्त्री पौडेललाई चेम्बर अफ कमर्सका १०१ सुझाव

हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने

वाईसीएल पुनः जुर्मुराउने बेला आयो – प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com