ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आँखाको नयाँ ज्योति पाएपछि …


admin

लमही, १ चैत ।  आर्थिक अवस्था कमजोर भएका कारण तुलसीपुर उपमहानगरपालिका–२ कुइरेपानीका ६८ वर्षीय हिरालाल चौधरीले लामो समयसम्म आँखाको उपचार गराउन नसकेर न्यून दृष्टियुक्त भई जीवननिर्वाह गर्दै आएनुभएको थियो । 

न्यून दृष्टियुक्त भएर भोगेको दुःख र पीडाले उहाँलाई जीवन नै निराश हुन लागेको थियो । तर बिहीबार स्थानीयस्तरमै आँखाको शल्यक्रिया गर्ने अवसर पाएपछि उहाँ खुशी हुनुभयो । “३÷४ वर्षअघि आँखा धमिलो देखिन थालेका थिए,” उहाँले भन्नुभयो, “पैसा नहुँदा अस्पताल जान सकेको थिइनँ, अहिले गाउँमै शिविर राखेपछि सजिलो भयो ।” 

तुलसीपुर उपमहानगरपालिका–१ को पवननगरस्थित वीरेन्द्र मावि भ्युडहरमा भएको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया सेवाले उहाँजस्तै धेरै नागरिकलाई सहज भएको छ । 

गाउँमै निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएपछि तुलसीपुर उपमहानगरपालिका–१ की ७० वर्षीया देउमती घर्तीले पनि खुशी हुनुभएको थियो । आँखा धमिलो हुन थालेको करीब तीन वर्ष हुनै लागेको थियो । तर उपचार गराउन पाउनु भएको थिएन । “बूढीमान्छे हिँड्डुल गर्न सक्ने अवस्थामा थिएन,” उहाँले भन्नुभयो, “आज गाउँमै शिविर आयो, त्यसैले आँखाको उपचार गर्न पाएँ ।” 

आर्थिक अवस्था कम्जोर भएकै कारण तुलसीपुर उपमहानगरपालिका–१ का ८० वर्षीय तिलबहादुर पुनको पनि विगत एक वर्षदेखि धमिलो आँखामै दिन कटाउनु परेको थियो । 

आँखाको प्रारम्भिक जाँच गरेर डाक्टरले शल्यक्रिया गर्नुपर्ने सल्लाह दिए पनि आर्थिक अभावका कारण उहाँले शल्यक्रिया गर्न पाउनुभएको थिएन् । “यसअघि एउटा आँखा शल्याक्रिया गरे, त्यसपछि लगत्तै अर्को आँखा पनि शल्यक्रिया गर्नुपर्ने भयो,” उहाँले भन्नुभयो, “एउटा आँखा अप्रेशन गरेको आठ हजार तिर्नुपथ्र्यो, पैसा नहुँदा एउटा आँखाको अप्रेशन गर्न पाएको थिइनँ ।” 

उहाँहरु मात्रै होइन, तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको निःशुल्क मोतिविन्दुको शल्यक्रियाबाट सय जनाले सेवा पाएका छन् । आँखाको शल्यक्रियामा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतसहितको प्राविधिक टोलीले सक्रिय थियो । 

बिहीबारदेखि नै उपमहानगरपालिकाले शुरु गरेको ‘मोतियाविन्दु मुक्त तुलसीपुर, उज्यालो तुलसीपुर’ अभियानको शुरुआतको चरणमा ती दुईवटा वडाका सय जनाको निःशुल्क मोतिविन्दु शल्यक्रिया गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । “पहिलो चरणमा तुलसीपुरको १ र २ नं वडाका सय जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सेवा प्रदान गरिएको छ,” उहाँले भन्नुभयो, “यो अभियानलाई तुलसीपुर उपमहानगरपालिकाका सबै वडामा पु¥याउने छौँ ।” पाँच वर्षभित्र तुलसीपुर उपमहानगरपालिकालाई मोतिविन्दु मुक्त उपमहानगरपालिका बनाउने योजनाअनुसार यो अभियानलाई अघि बढाएको उहाँले बताउनुभयो । 

यसअघि ती दुईवटै वडाका सबै नागरिकको आँखा जाँच गरी शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका सय जनाको शल्यक्रिया गरिएको प्रमुख पाण्डेको भनाइ छ । अब उपमहानगरपालिका भित्रका सबै वडाका नागरिकको निःशुल्क आँखा जाँच गरी मोतियाविन्दुका समस्या देखिएकालाई निःशुल्क शल्यक्रिया गरिने उहाँले बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार तुलसीपुर उपमहानगरपालिकाभरिमा करीब एक हजार पाँच सयभन्दा बढी मोतिबिन्दुका रोगी भएको हुन सक्ने बताउनुभयो । त्यसमध्ये यस आर्थिक वर्षभित्र पाँचसय जनाको मोतिविन्दुको शल्यक्रिया गर्ने लक्ष्य लिइएको समेत उहाँले बताउनुभयो । 

दाङमा पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाले मोतियाविन्दुमुक्त पालिका बनाउन अभियान शुरु गरेको छ । राप्ती आँखा अस्पताल, नेपाल नेत्रज्योति सङ्घ लगायतको सहकार्यम उक्त अभियान शुरु गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com